chorus
C Am G C G G7 C
आहा, कति मीठो वचन, प्रभुले दिएको रचना २
verse 1
C Am G C Am G C
जब म वचन पढ्दछु झन ठूलो इच्छा बढ्दछ
C G Am F G C
जब म वचन सुन्दछु तब मन खुशीले भर्दछ ।
verse 2
C Am G C Am G C
जब म पापले भरेथें तब अन्धकारले छोपेथें
C G Am F G C
प्रभुले मलाई बोलाउनुभो अनि खुशीको खबर सुनाउनुभो ।
verse 3
C Am G C Am G C
म, तिमी, हामी सबै पापी थियौं अनि साँचो प्रभुलाई चिन्दैनथ्यौं
C G Am F G C
प्रभु आए आफैँ स्वर्ग छोडेर हाम्रो लागि उज्यालो ज्योति बनेर ।
verse 4
C Am G C Am G C
क्रूसमा प्रभु मर्नुभयो हाम्रो पापको भार उठाउनुभयो
C G Am F G C
मृत्युबाट प्रभु बौरिउठ्नुभो र हामीलाई स्वर्गको ढोका खोल्नुभो ।
verse 5
C Am G C Am G C
आऊ दाजु–भाइ दिदी–बहिनी प्रभुको मीठो वचन पढ न
C G Am F G C
आफ्ना पापलाई हटाई साँचो प्रभु येशूमा विश्वास गर न ।