chorus
DBmGEmAA7D
कृतज्ञ भई, शिर झुकाई जीवन चढाउन आएकोछु,
AGEmADAA7D
अमूल्य भेट अरु के छ र ? जीवन मेरै अर्पेको छु २
verse 1
DBmAD
टाढो जाँदा प्रेमलाई भुली, घायल हुन्छ मन प्रभुको
DBmF#mAGAA7D
हुन्छु नजिक नजिक तिम्रो नै, सक्तिनँ म जान टाढो २
verse 2
DBmAD
मनलाई खिँच्ने वैभव जगतका, विलास बन्लान बाधक मेरा
DBmF#mAGAA7D
ख्रिस्टको अदभूद प्रेमको निम्ति, त्याग्छु यिनलाई मनैबाट
verse 3
DBmAD
प्रेम छ अगाध प्रभु तिम्रो नै, बयान गर्ने शक्ति छैन २
DBmF#mAGAA7D
अनन्तकाल सेवा नै गरूँ, यस प्रेमबाट उऋण म हुन्नँ २
verse 4
DBmAD
जगको निम्ति जिउँदिन प्रभु, न त जिउँछु आफ्नै निम्ति
DBmF#mAGAA7D
सक्तिनँ म अर्पण नगरी, छोटो जीवन तिम्रो नै निम्ति २
verse 5
DBmAD
दु:खित छ म समयको निम्ति, बितेथ्यो जो रहँदा पापमा
DBmF#mAGAA7D
बाँकी जीवन कृतज्ञतामा, अर्पित होस् प्रभुकै सेवामा २